News Portal

स्वाभिमान माइक्रोफाइनान्सलाई आईपिओ निष्काशन अनुमत्ति

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४७ पटक
काठमाडौं

काठमाडौं – स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणमा साधारण शेयर (आईपिओ) निस्कासन अनुमति पाएको छ। इक्रोफाइनान्सले धितोपत्र बोर्डबाट जारी पूँजीको ३२.११ प्रतिशत बराबरको साधारण शेयर (आईपिओ) जारी गर्न अनुमति पाएको हो।

अनुमति अनुसार एक करोड ९८ लाख रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता आईपिओ बिक्रीमा आउनेछ । आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीको गत कार्तिक ५ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही अनुसार बोडमा दिएको आवेदन बैशाख ११ गते स्वीकृत भएको हो।

हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको दास्रो त्रैमासमा लघुवित्तले ८२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

२०७६ बैशाख १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्