News Portal

एसिसी यु–१६ : मलेसिया माथि नेपालको शानदार जित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१० पटक
काठमाडौं

काठमाडौं – एसिसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार मलेसियामा भएको फाइनलमा घरेलु टिम मलेसियलाई ५९ रनले पराजित गरेर नेपालले उपाधि हात पारेको हो ।

जितका लागि नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४.५ ‌ओभरमा ८१ रनमा अलआउट भयो।

मलेसियाका लागि ओपनर वान मोहमद अजामले १६ रन जोडे । सर्वाधिक रन जोडेका मोहमद हाजिक १८ रनमा आउट भए। उनले २० बलमा २ छक्का हिर्काए। यस्तै जितेन्द्र मुर्लीले १४ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालका विशाल कुमार पटेलले ४ विकेट लिए। दीपक बोहरीले ३ विकेट हात पार्दा कृस कार्की र निशिखल कुमार सिंहले १–१ विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ‌ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो। नेपालका लागि ओपनर दीपक बोहाराले २३ रन जोडे। उनले १९ बलमा २ चौका र १ छक्का हिर्काए। अर्का ओपनर सुसान्त थापा ५ रनमै आउट भएका थिए। लगत्तै आसिस भट्टराई २ रनमा आउट भएका थिए।

तर प्रशान्त महतले ४० रनको योगदान दिँदा नेपालको इनिङले गति लियो। कप्तान विशाल विक्रम केसीले १७ रन जोड्दा रोहन दुधराज विकासले ९ रन बटुले। विशाल पटेल २ रन, कृस कार्की ९ रन, निशिल कुमार सिंह १३ रनमा आउट हुँदा तिलकराज भढन्डारीले नटआउट ८ रन र रमेश कुर्मीले नटआउट २ रन बटुले। बलिङमा मलेसियाका जितेन्द्र मुर्लीले २ विकेट लिए।

२०७६ बैशाख १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्