News Portal

विराट कोहलीको बेंगलोर विरुद्ध सन्दीप खेल्दैँ, कति विकेट हात पार्लान् ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१८ पटक
काठमाडौं

काठमाडौं – नेपाली स्पिनर सन्दीप लामिछालाई दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्ने भएका छन् । केही बेरमा सुरु हुने खेलको प्लेयङ्ग ११ मा परेका हुन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् ।

क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । सन्दीपले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् । दिल्लीको प्लेइङ ११ः शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर (कप्तान) ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा र ईशान्त शर्मा ।

२०७६ बैशाख १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्