News Portal

बैशाख त जान लाग्यो, रवि र निकिताको बिहे कहिले ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७४ पटक
काठमाडौं

काठमाडौं – केहि समय अघि पुर्व पत्नी इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेर चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग कानुनी बिवाह गरेका चर्चित संचारकर्मी रवि लामिछानेले बैशाखका औपाचारिक विहे गर्ने बताएका थिए । तर उनीहरुको विहेको कुरा आजभोली सुन्न पाइएको छैन ।

कानुनी विहे पश्चात लामिछानेले भनेका थिए निकिता जीसँग यति छिट्टै विवाह गर्ने योजना थिएन तर परिस्थितिका कारण यो निर्णय लियौँ अब बैशाखमा परम्परागत तरिकालेनै विवाह गछौँ ।

निकिता पौडेलले पनि बैशाखमा धुमधामसँग बिवाह गर्ने बताएकी थिइन ।दुवैले बैशाखमा विवाह गर्ने बताए पनि आज बैशाखको १५ गते वितिसकेको तर पनि यस बारेमा थप केहि कुरा बाहिर आएको छैन ।

यो रवि र निकिताको नितान्त निजी विषय हो तर उनिहरुको विवाह विविध कारणले सार्वजनिक चासोको विषय बनेको छ । रवि र निकिता दुवै जना सम्बन्ध विच्छेद गरेर विवाह गरेका व्यक्ति हुन् । यस बारेमा कुराकानी गर्न खोज्दा रवि र निकिता दुवै जनासँग सम्पर्क हुन सकेन ।

२०७६ बैशाख १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्