News Portal

रिपिट रिलिज ‘छक्कापन्जा २’ सुपर डुपर फ्लप भएपछि दिपकराज गिरीले लेखे यस्तो स्टाटस !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४६ पटक
काठमाडौं

एकदिने रिलिज भएको चलचित्र छक्कापन्जा २ सुपर डुपर फ्लप भएपछि निर्माता दिपकराज गिरीले हार स्विकार गरेका छन् । पत्रकार रवि लामिछानेको फाउण्डेसनले कालिकोटको रास्कोटमा निमार्ण गरिरहेको अस्पतालको सहयोगमा नाफाको २५ प्रतिशत दिने भन्दै प्रचार गरिएको फिल्मलाई दर्शकले अस्विकार गरिदिएपछि निर्माता गिरीले फेसबुक स्टाटस लेख्दै आफुले नेपाली चलचित्र रिपिट रिलिज गर्दा कस्तो होला भनेर विल्कुलै नयाँ प्रयोग गरेको तर त्यसमा आफुहरु असफल भएको स्विकार गरेका छन् ।

उनले भनेका छन् ‘कोलम्बसले घर बरिपरि नै रमाएर बसेको भए अमेरिका पत्ता नलाग्न सक्थ्यो, राइट दाजू भाइले कोशिसै नगरेको भए प्लेन उड्न समय लाग्थ्यो यस्ता धेरै उदाहरणहरू छन् ,सफलताको आकाशमा त्यहि उड्छ जस्ले प्रयोगका पखेटाहरू आफूमा जोडेको हुन्छ’

साथै उनले फिल्म बाट जति रकम उठे पनि रवि लामिछानेको फाउण्डेसनलाई आफ्नो व्यक्तिगत तर्फबाट एक लाख दिने घोषणा गरेका छन् । छक्का पन्जा २ को रिपीट रिलिज सफल नभए पछि केहि फिल्मीकर्मीहरुले यसलाई दिपकराज गिरीको घमण्ड चक्नाचुर भएको अर्थमा विश्लेषण गरेका छन् ।

२०७६ बैशाख १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्