News Portal

बालिका बलात्कार गरेको अभियोगमा फेमिली गेष्ट हाउसबाट दुई जना प्रहरी फन्दामा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६८ पटक
काठमाडौं

भक्तपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका(१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ रहेका छन् ।

भक्तपुर नगरपालिका-१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७६ बैशाख १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्