News Portal

यो अलि बढ्तै भयो गृहसंग स्पष्टीकरण मागेको छु – प्रधानमन्त्री

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५३० पटक
काठमाडौं

भदौ ११, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण मागेको बताएका छन् । थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा पूर्व लडाकू विष्टलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको थियो । ‘माथिको आदेश’ भन्दै विष्टलाई फर्काइएपछि नागरिक स्वतन्त्रतामा सरकारले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई आफूले यसबारे लिखित स्पष्टीकरण सोधेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने- ‘एयरपोर्टबाट लेनिन विष्ट फिर्ता गरेको भन्ने सुनें मैले । फिर्ता गरियो भन्ने सुनेपछि मैले गृहमन्त्रालयलाई प्रधानमन्त्री कार्यालयबाट यो अलि बढ्तै भयो, यो कसको आदेशमा कसले गरेको हो, कसरी गरेको हो, २४ घण्टाभित्र लिखित स्पष्टीकरण र जवाफ दिनू भनेर मैले गृहलाई लिखित पठाएँ ।’

 

२०७५ भदौ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्