
काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ आज बाँडफाँड हुदैछ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयका अनुसार आज विहान ९ बजे आईपिओ बाँडफाँड हुनेछ ।
बिक्री प्रबन्धकका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम १५ हजार १२० आवेदकले मात्र गोलाप्रथाबाट उक्त शेयर प्राप्त गर्नेछन् । यो बैध आवेदकको ४.८० प्रतिशत मात्र हो । बैध आवेदकको ९५.२० प्रतिशत अर्थात दुई लाख ९९ हजार ८०५ आवेकदको हात खाली हुनेछ।
त्यस्तै, बैंशाख ९ गते सोमबारबाट आईपिओ निश्कासन गरेको गणपति माइक्रोफाइनान्सको बाँडफाँड शुक्रबार हुने भएको छ । माइक्रोफाइनान्समा बैशाख १२ गतेसम्म ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताका लागि आवेदन दिएका थिए ।
यो हिसाबले गणपति माइक्रोफाइनान्सको आइपीओमा मागेभन्दा २१.५५ गुणा बढी आवेदन परेको छ । यसरी हेर्दा यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिनेमध्ये २ लाख ९७ हजार भन्दा बढी रित्तो हात हुनेछन् ।
यो कम्पनीले प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गरेको हो ।
२०७६ बैशाख १७ गते प्रकाशित
