News Portal

सरकार संघीयताविरुद्ध लागेको कांग्रेस सभापति देउवाको आरोप

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५९ पटक
काठमाडौं

बैशाख १७ काठमाडौं- सरकार संघीयताविरुद्ध लागेको प्रतिपक्षको आरोप शीर्षकमा छापिएको अर्को समाचारमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ । बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन गर्दै विपक्षी दलका दलका नेता शेरबहादुर देउवाले सरकार संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउनेतर्फ लागेको आरोप लगाए ।

सेना परिचालनको निर्णय संवैधानिक परिषदबाट खोसेर प्रधानमन्त्रीमा ल्याउन खोजेको भन्दै देउवाले यो प्रत्युपादक हुने बताए । ‘सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाँडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएको भन्दै देउवाले भने, ‘प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस् । मेरो तपाईलाई यही शुभकामना छ ।’ उनले सरकारले स्थानीय तहदेखि प्रदेश सरकारका अधिकारलाई समेत केन्द्रिकृत गर्ने काम गरेको आरोप बताए ।

२०७६ बैशाख १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्