News Portal

कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै कांग्रेसबाट निर्वाचित मेयर नै नेकपामा प्रवेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५५ पटक
काठमाडौं

काठमाडौँ – नपाली कांग्रेसबाट निर्वाचित एक जना मेयर नेकपामा प्रवेश गरेका छन । रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहतालाई मंगलबार प्रचण्डले नेकपामा स्वागत गरेका हुन् । नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै उनी नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु शाहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेको बताईएको छ । उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रामा सहयात्रा गर्ने कटिबद्धता व्यक्त गरेका छन् । त्यस्तै मंगलबार नै राजपावाट रौतहट–३ का उम्मेद्वार रहेका ओमप्रकाश जयसवाल नेकपामा प्रवेश गर्दै राजपाले क्षत्रीयतावादी सोच त्याग्न नसकेका कारण आफू नेकपामा समाहित भएको बताएका छन ।

२०७६ बैशाख १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्