मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – ‘को बन्छ करोडपति ‘को आगामी सृखलाका लागि संचारकर्मी रवि लामिछाने पनि सहभागी हुने भएका छन । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बन्न लागेको रास्कोट सामुदायीक अस्पतालको सहयोगार्थ उनी ‘को बन्छ करोपति’मा सहभागिता जनाउन लागेका हुन ।
रास्कोट सामुदायिक अस्पताल अभियानको नेतृत्व गरिरहेका लामिछानेले त्यहाँबाट जितेको जति सबै अस्पताललाई सहयोग उपलब्ध गराउने गरि सहभागिता जनाउन लागेको अस्पताल श्रोतले जनाएको छ । बैशाख १८ गते बुधबारका दिन लामिछाने सहभागि कार्यक्रमको सुटिङ हुनेछ ।
उक्त कार्यक्रममा सहभागिता जनाउन चाहाने जो कोहीले पनि ‘को बन्छ करोडपति’को आधिकारीक फेसबुट पेज मार्फत आफ्नो नाम टिपाउन सकिने बताइएको छ ।
२०७६ बैशाख १७ गते प्रकाशित
