News Portal

कहिले आउँछ ‘छक्का पन्जा २’ युट्युवमा ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६३२ पटक
काठमाडौं

काठमाडौं – रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युट्युवमा आउँने भएको छ । चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युट्युवमा नआए पछि दर्शकले सो फिल्म युट्युवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए ।

दिपक दिपाको अर्को फिल्म ‘छ माया छपक्कै’ को तयारीमा जुटिरहेका बेला निर्माता दिपकराज गिरीले अव भने छक्का पन्जा २ चाँडैनै युटुवमा सार्वजनिक गरिने जनकारी दिएका छन् । मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गिरिले सो कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन् , ‘हाम्रो समूहको तर्फ बाट सबै आदरणिय मज़दूर साथिहरू लाइ मे दिवसको शुभकामना। ”छ माया छपक्कै” को प्रेस मिटमा पाल्नु हुने, सबैलाइ धन्यबाद । “छ माया छपक्कै”– दशैमा ।

‘छक्का पन्जा २’ अब iflix र youtube मा एकदम चॉढै’ यॉहाहरूको दिन शुभ रहोस् ।। शीतल रहोस् ।’

२०७६ बैशाख १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्