News Portal

चार जना मन्त्रीको जागीर चट हुँदै, को–को बन्दैछन नयाँ मन्त्री ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५२३० पटक
काठमाडौं

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नयाँ आर्थिक बर्षको सुरुवातसँगै मन्त्रीमण्डल हेरफेरको तयारी गरेको बुझिएको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र आफुले विश्वास गरेर जिम्मेवारी दिएका मन्त्रीहरुनै कता कता रुमलिएको निष्कर्षमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको स्रोतको दावी छ । यस अघि नै मन्त्री हेरफेरको चर्चा चले पनि केहि समयका लागी स्थगित भएको थियो ।

चालु आर्थिक बर्षको मध्यमा मन्त्री हेरफेर गर्दा सरकारको पर्फमेन्समा त्यसले असर पार्न सक्ने भन्दै ओली पचण्ड पछि हटेका थिए । यस अघि प्रचण्डले पटक पटक मन्त्री हेरफेर हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । स्रोतका अनुसार केहि मन्त्रीलाई टिमबाटै आउट र केहिलाई सरुवा गरेर भएपनि सरकारको कामलाई प्रभावकारी बनाउँनु पर्ने ओली प्रचण्डको साझा निष्कर्ष रहेको छ ।

आउट हुने पहिलो लिस्टमा उधोग मन्त्री मात्रिका यादव र भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ रहेका छने भने गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको पनि खतराको घण्टी बजेको छ । पार्टी भित्र आफ्नो छुट्टै बलियो गुट बनाएर बसेका गृहमन्त्री थापालाई हटाइहाल्न त्यति सजिलो नदेखे पछि उनलाई सरुवा गरेर भएपनि गृहमन्त्रीबाट हटाउने तयारी गरिएको बुझिएको छ ।

उधोगमन्त्री यादव र भौतिक पुर्वाधार मन्त्री महासेठ भने मन्त्री पद जानेमा मानसिक रुपमा तयार देखिन्छन् । उनिहरुले सार्वजनिक रुपमानै आफु लामो समय मन्त्री पदमा बस्न नपाउँने संकेत गरिसकेका छन् । यता मन्त्री बनाइँदै धेरैको अरुचिकर पात्र बनेका अर्थमन्त्री युवराज खतिवडालाई पनि हटाउन प्रधानमन्त्री ओली माथि दवाव परेको छ । ओली अहिले पनि खतिवडा माथि पर्ख र हेरको अवस्थामा छन् भने खतिवडाको पक्षमा बोलिदिने नेकपामा ओली बाहेक सबै सकिएका छन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डको गृहजिल्लाका सांसद पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्री बनाइदै छ भने उद्योग मन्त्रीमा माधब कुमार नेपालको कोटाबाट सोमप्रसाद पाण्डेलाई ल्याउने तयारी भइरहेको छ ।

खालि रहेको संस्कति पर्यटन तथा नागरिक उडेयन मन्त्रालयमा प्रचण्ड योगेश भट्टराईलाई मन्त्री बनाउँन चाहन्छन् भने ओलीले पार्वत गुरुङलाई मन्त्री बनाउँने वचन दिएको स्रोतको दावी छ । अव लगत्तै लोकप्रीय बजेट ल्याएर मन्त्रीमण्डल हेरफेर गरेर भएपनी सरकारको गियर बढाउँने निष्कर्षमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड पुगेका छन् ।

यो पनि पढ्नुहोस

सरकारको नीति तथा कार्यक्रम शुक्रवार, के-के छन नयाँ कार्यक्रमहरु ?

२०७६ बैशाख १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्