News Portal

नयाँ शक्ति र फोरमविच पार्टी एकता हुने, को बन्दैछन अध्यक्ष ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७०२ पटक
काठमाडौं

काठमाडौं – डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघिय समाजवादी फोरमबीच पार्टी एकता हुने भएको छ । यही बैशाख २३ गते पार्टी एकता घोषणा हुने जनाइएको छ ।

नयाँ शक्ति निकट स्रोतका अनुसार वैशाख २० गते नयाँशक्ति पार्टीको सचिवालय बैठक बसेर एकताबारे निर्णय गर्नेछ । सचिवालयको निर्णय २१ गतेको केन्द्रीय समिति बैठकले अनुमोदनका गर्ने नयाँ शक्ति पार्टीका एक नेताले बताए ।

२१ गते नै संघीय समाजवादी फोरमले पनि केन्द्रीय समिति बैठक डाकेर नयाँ शक्तिसँगको एकताका विषयमा छलफल गरि निणर्य गर्ने बताइएको छ ।

२२ गते बाँकी काम पूरा गर्ने र २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गर्न लागिएको नयाँ शक्तिका एक नेताले बताए । स्रोतका अनुसार डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरेर पार्टी एकता गर्ने तयारी भइरहेको छ । तर वरिष्ठताका आधारमा भट्टराई अगाडि रहनेछन् ।

फोरम र नयाँ शक्तिबीच चुनाव अगाडि नै एकता गर्ने प्रयास भएपनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । पछिल्लो समय राजपा र फोरमबीच पनि एकता विषयमा चर्चा चलिरहेको छ ।

२०७६ बैशाख १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्