News Portal

आइपिएल क्रिकेट : चेन्नईद्वारा दिल्ली क्यापिटल्स ८० रनले पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८४ पटक
काठमाडौं

बैशाख १९ काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेल मैदानमा भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको चेन्नईले चार विकेटको क्षतिमा १७९ रन बनायो । उसका लागि सुरेश रैनाले ३७ बलमा ५९, कप्तान धोनीले २२ बलमा नटआउट ४४, फाप डू प्लेसिसले ४१ बलमा ३९ तथा रवीन्द्र जडेजाले १० बलमा २५ रनको योगदान दिए ।

१८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्रै ९९ रन बनायो । उसका लागि कप्तान श्रेयश आय्यरले ३१ बलमा ४४ तथा शिखर धवनले १३ बलमा १९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चेन्नईका इमरान ताहिरले चार तथा रवीन्द्र जडेजाले तीन विकेट लिए ।

चेन्नईको यसअघिको खेलमा कप्तान धोनी ज्वरो आएका कारण मैदानमा थिएनन् र चेन्नई पराजित भयो । उनी निको भएर आएको खेलमा टिमले शानदार जित निकाल्यो । अर्थात धोनीको टिमले दिल्लीलाई पराजित गरेर ‘ज्वरो’ दिलायो ।

२०७६ बैशाख १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्