News Portal

लिभरपुलमाथि बार्सिलोनाको शानदार जित, मेस्सीले पुरा गरे ६ सयौं गोल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८३ पटक
काठमाडौं

बैशाख १९ काठमाडौँ –  स्पेनिस महारथी बार्सिलोनाले इंग्लिस क्लव लिभरपुलमाथि शानदार जित निकालेको छ।

घरेलु मैदान क्याम्प नाउमा बुधबार राति भएको खेलमा स्पेनिस जाईन्ट बार्सिलोनाले सेमिफाइनलको पहिलो लेगमा लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो ।

बार्साको जितमा मेस्सी नायक बने । उनले उत्कृष्ट लयमा रहेको इंग्लिस क्लव लिभरपुलमाथि २ गोल गरे । खेलको पहिलो हाफको २६ अौं मिनेटमा वार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरेका थिए ।

अत्यन्तै रोमाञ्चक खेलको दोस्रो हाफको ७५ अौं मिनेमा मेस्सीले पहिलो गोल गरेका थिए । खेलको ८२ अौं मिनेटमा प्राप्त फ्रि किकमा उत्कृष्ठ गोल गर्दै मेस्सीले क्याटलानलाई तीन शून्यको जित दिलाए । मेस्सीले बार्सिलोनाबाट सबैखाले खेलमा गरेको गोल संख्या ६०० पुगेको छ ।

अब दोस्रो लेग लिभरपुलको घरेलु मैदानमा हुनेछ जहा उसले वार्सामाथि जित निकाल्न ४ गोल गर्नुपर्ने छ ।

२०७६ बैशाख १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्