News Portal

खै कहाँ छ सुरक्षा ? नौ महिने शिशुको पनि अपहरणपछि हत्या

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५५४ पटक
काठमाडौं

भदौ ११, महोत्तरी– नौ महिने बालकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। उनको अपहरणपछि हत्या भएको परिवारका सदस्यले बताएका छन्।  जिल्लाको औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी नौ महिने छोरी सोनालिकाको हत्या भएको हो। आइतबार हराएकी उनको सोमबार नजिकै आँप बगौचामा शव भेटिएको प्रहरीले जनाएको छ। एक स्थानीय युवकले बालिकलाई बोकेर लिएर गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

अपहरणको आशंका गरिएपछि फिरौती भने मागिएको थिएन। बालिकाको बुबाको औरही बजारमा पसल छ। केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ । बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

यसअघि गत माघमा वीरगन्ज उपमहानगरपालिका-१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो । ०७० माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।

२०७५ भदौ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्