News Portal

सिंगापुरमा हुने १७ औं ‘अल एसिया शिन क्याेकुशिन कराँते २०१८’ काे लागि रामेछापका मिन बहादुर छनोट

ज्ञानु श्रेष्ठकाठमाडौं
१२१३ पटक
काठमाडौं

भदौ ११, काठमाडौं – सिंगापुरमा हुने १७ औ ‘अल एसिया शिन क्याेकुशिन कराते २०१८’ काे लागि नेपालबाट छटाैट भएका तीन कराते खेलाडीहरुलाई  रामेछापको सुनापति गाउँपालिकामा रहेको  राम्चे युवा समाजले आज काठमाडौंको बानेश्वरमा एक कार्यक्रमकाे अायाेजना गरि बिदाइ तथा शुभकामना व्यक्त गरेको छ।  नेपालबाट रामेछापका मीन बहादुर मगर, नुवाकोटका प्रविन गुरुङ र मकवानपुरका निर्मला लो छनोटमा परेका छन्।  खेलाडीसंगै २ जना प्रशिक्षक शुर्य बहादुर बुढाथोकी र किशोर श्रेष्ठ पनि खेलाडीसंगै  सिंगापुर जानेछन।

समाजले अायाेजना गरेकाे शुभकामना तथा विदाई कार्यक्रममा पुर्व खेलकुदमन्त्री, सांसद तथा नेपाली काङ्ग्रेसका नेता राजन केसीले नेपालीको तर्फबाट छनाैटमा पर्न सफल भएकाेमा बधाई दिदै उनले पुर्णरुपमा अात्मबल र विश्वासका साथ प्रतिस्पर्धा गर्न अनुराेध गर्दै खेल सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा बाेल्दै पुर्व खेलाडी दान घिसिङले खेलाडीलाई अार्थिक सहयाेग भन्दा नि नैतिक साथ सहयाेग , हाैसलाकाे महत्व हुने बताए ।

कार्यक्रममा सरकारले खेलाडीलाई आवश्यक सहयोग नगरेको भन्दै सहभागीबाट करिव २ लाख रकम संकलन गरेर खेलाडीलाई हस्तान्तरण समेत गरिएको थियो।  समाजले नुवाकोट र मकवानपुरका खेलाडीलाई नगत २७ २७ हजार हस्तान्तरण गरेको छ।  त्यस्तै नेपाली काङ्ग्रेस रामेछापका महाधिबेशन प्रतिनिधि गेल्जे शेर्पाले खेलाडीहरुको आउने जाने टिकट उपलब्ध गराउने बचन दिएका छन्।

२०७५ भदौ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्