News Portal

मन्त्रीको गाडीले विप्लवका कार्यक्रतालाई हानेपछि हंगामा !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९२६ पटक
काठमाडौं

काठमाडौं – मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगरमा रडाको मच्चिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाह सवार ज १ झ ४४५ नम्बरको गाडीले विप्लवका कार्यक्रता सवार स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा हंगामा भएको हो ।

स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवाहरुलाई भने केही पनि नभएको बताईएको छ । युवाहरुले विवाद गरेपछि उनीहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थी संगठनका विद्यार्थी नेता भएको बताइइको छ । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरमा ठक्कर दिएपछि स्कुटर ठक्कर दिएको थियो ।

२०७६ बैशाख २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्