News Portal

ओलीको अर्को राष्ट्रघात : भारतीय चलचित्र अवार्डका लागि ७४ करोड दिन लागेको खुलासा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४८४७ पटक
काठमाडौं

काठमाडौं : केपी ओली नेतृत्वको सरकार एकपछि अर्को राज्यकोष दोहन गर्दै विदेशी पोस्ने योजनामा लागेको छ । भारतीय नागरिकहरूलाई नागरिकता वितरण गर्दै भारतभक्ति प्रदर्शन गरेको ओली सरकारले भारतीय कलाकार पोस्न राज्यकोष दोहन गर्दै अरबौं खर्च गर्ने लागेको विवरण सार्वजनिक भएको छ ।

आई फा हिन्दी चलचित्र अवार्ड वितरण कार्यक्रम खर्चको लागि ओली सरकारले ७४ करोड दिन प्रधानमन्त्रीले तोक आदेश लागेपछि यो तथ्यको खुलासा भएको हो । नेपालमा रहेको संघ–संस्थाहरूले नेपाली ट्रेडमार्कमा गर्ने कार्यक्रममा कुनै प्रोत्साहन नगर्ने र केही रकम दिनसमेत अनेकौँ झमेला गर्ने सरकारले विदेशी कलाकारको लागि यति ठूलो रकम किन लगानी गर्दैछ भन्ने प्रश्न व्यापक रूपमा उब्जिएको छ ।

एक स्रोतका अनुसार आई फा हिन्दी चलचित्र अवार्ड वितरण कार्यक्रमको प्रस्तावलाई आयोजकहरूले चीन सरकारसँग राखेको भए पनि आफूलाई कुनै फाइदा नहुने भन्दै चिनियाँ पक्षले लगानी गर्न अस्वीकार गरेको थियो । त्यही कार्यक्रम सम्पन्न गर्नेका लागि ओली सरकारले ७४ करोड दिने प्रधानमन्त्रीको तोक आदेशपछि आयोजकहरू दंग परेका छन् ।

आयोजकहरूले आई फा (हिन्दी चलचित्र) अवार्ड वितरण कार्यक्रम खर्चको व्यवस्थापनका लागि राजधानीको होटल मेरियाटमा एक व्यापारिक जमघटको आयोजना गरेका थिए । जमघटमा नेपालका माडवारीदेखि उच्च घरानाका व्यापारीहरूको साथमा पर्यटन वर्ष समारोह समितिका अध्यक्ष दिपकराज जोशीसमेत उपस्थित भएका थिए । जमघट राम्रो भए पनि व्यापारीहरूले यो कार्यक्रमले नेपाल र नेपालीलाई के फाइदा हुन्छ भन्दै लगानी गर्ने आनाकानी गरेको स्रोत दाबी छ ।

व्यापारीहरूले लगानी नगरे पनि सरकारले नै लगानी जुटाइदिएपछि आयोजकले खुल्ला मञ्चमा कार्यक्रमस्थल निमार्ण गर्ने २५० जना भारतीय कमादार झिकाउने तरखरमा छ । निर्धारित कलाकार र सीमित व्यक्तिहरू मात्र हुने सो कार्यक्रमको लागि भारी मात्रामा राज्यकोषको दोहन गर्दै ओली सरकारले भारतभक्ति प्रदर्शन गरेको छ । ओलीको तयारीको नेपाली कलाकारहरु भने विरोध गरिरहेका छन् ।

२०७६ बैशाख २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्