News Portal

सेना र आक्रमणकारीबिच भिडण्त, ८ जना सैनिकको मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५० पटक
काठमाडौं

लिविया – दक्षिणी लिबियामा सैनिक अखडालाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा ८ सैनिकको ज्यान गएको छ ।

लिबियाली सैनिक शासक खलिफा हफ्तारप्रति वफादार सैनिकलाई लक्षित गरी लिबियाको दक्षिणी शहर सेबहामा आक्रमण भएको र आक्रमणकारीले सैनिकको घाँटी रेटेर निर्मम हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लिबियाली सेनाले भने आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेट र चाडका लडाकुको संलग्नता रहेको जनाएको छ । यद्यपि आक्रमणमा कुन समूहको हात रहेको भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन ।

दक्षिणी लिबियाको विशाल भूभागमा नियन्त्रण जमाएको भएपनि लिबियाली सेनाले हाल आफ्नो ध्यान अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीमा सैनिक अभियान अघि बढाउनेतर्फ केन्द्रित गर्दै आएको छ ।

दक्षिणी लिबियामा लिबियाली सेनाविरुद्ध त्यहाँका स्थानीय टेबु जातिका लडाकुले आक्रमण गर्दै आएका छन् भने दक्षिणी लिबियामा इस्लामिक स्टेटका लडाकु पनि उत्तिकै सक्रिय रहेको बताइन्छ ।

२०७६ बैशाख २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्