News Portal

यस्तो छ कांग्रेसमा छाया सरकारको मन्त्रिपरिषद् : शिक्षामा गगन, भौतिकमा ज्ञानेन्द्र, अर्थमा मिनेन्द्र

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७६७ पटक
काठमाडौं

बैशाख २२ काठमाडौं –  नेपाली कांग्रेसले छाया सरकार बनाउन छलफल थालेको छ। नेकपाले नेतृत्व गरेको सरकारका हरेक मन्त्रालयमा निगरानी बढाउन कांग्रेसले छाया सरकारको अवधारणा ल्याएको हो।  छाया सरकारका मन्त्रीहरूबारेमा कांग्रेसले छलफल अघि बढाएको छ। सभापति शेरबहादुर देउवाले छाया सरकारको नेतृत्व गर्ने पक्का भइसकेको छ। तर मन्त्रीहरूको टुंगो हुन सकेको छैन ।  छाया सरकारमा राखिने मन्त्रीहरूको नामबारे अहिले छलफल चलिरहेको छ। कांग्रेस स्रोतका अनुसार मन्त्रीहरुको अन्तिम टुंगो लाग्न बाँकी छ ।

यस्तो छ छाया सरकारको मन्त्रिपरिषद् :

गगन थापा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधारमन्त्री

डा मिलेन्द्र रिजाल, अर्थमन्त्री

दिलेन्द्रप्रसाद बडु, गृहमन्त्री

डा.नारायण खड्का, परराष्ट्रमन्त्री

भीमसेनदास प्रधान, रक्षामन्त्री

उमाकान्त चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री

मीन विश्वकर्मा, उद्योग तथा आपूर्तिमन्त्री

उमा रेग्मी, महिला बालबालिकामन्त्री

जितेन्द्रप्रसाद देव, सूचना तथा सञ्चारमन्त्री

सञ्जय गौतम, ऊर्जा तथा सिँचाइमन्त्री

किशोरसिंह राठोर, वन तथा वातावरणमन्त्री

मानबहादुर विश्वकर्मा, सामान्य प्रशासनमन्त्री

देवेन्द्रराज कँडेल, पर्यटनमन्त्री

डा. डिना संग्रौला, कृषि तथा पशुपंक्षी विकासमन्त्री

अख्तर मुसलमान, कानुनमन्त्री

बहादुरसिंह लामा, सहरी विकासमन्त्री

राजेन्द्रकुमार केसी, युवा तथा खेलकुदमन्त्री

बद्री पाण्डे, खानेपानीमन्त्री

पार्वती डिसी चौधरी, श्रम तथा रोजगारमन्त्री

सुजाता परियार र लक्ष्मी परियार मध्ये एक भूमि व्यवस्था तथा सहकारीमन्त्री हुने चर्चा छ।

२०७६ बैशाख २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्