मोटिभेटन्यूज संवाददाताकाठमाडौं

बैशाख २२ काठमाडौं – काठमाडौंको बौद्ध तीनचुलीबाट गोरु काटेको अभियोगमा चार जना पक्राउ परेका छन्। तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका चार जना आइतबार बिहान साढे २ बजे पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्ती गर्दा गोरु काटेर मासु भाग लगाइरहेका उनीहरुलाई रंगेहात पक्राउ परेका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। पक्राउ पर्नेमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजन रहेका छन्।
उनीहरुलई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ। पक्राउ परेका चारैजनालाई कानुन अनुसार कारवाही हुने वृत्तका डिएसपी चन्दले बताए।
२०७६ बैशाख २२ गते प्रकाशित
