News Portal

‘बीपीले बोलेका कुरा केपीले पूरा गर्दै हुनुहुन्छ’ : सञ्चारमन्त्री बाँस्कोटा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०५ पटक
काठमाडौं

 बैशाख २३ काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा मधुसुधन तिमल्सिनाले लेखेका छन् ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औँ वार्षिक साधारण सभा तथा आठाँैं जिल्ला अधिवेशनको आइतबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार, प्रतिपक्ष, नागरिक समाज मिलेर नै मुलुकको विकास हुने बताए ।

साथै, उनले एक्लै सरकाले सबै काम गर्छु नभनेको पनि बताए । हरेक घटनालाई अतिरञ्जित गरेर राजनीतिक रङ नदिन प्रतिपक्षी दललाई उनलेआग्रह गरे ।

उनले सत्ता गुमेको छट्टपटीमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केही नभएको बताए ।

२०७६ बैशाख २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्