News Portal

राजपाले जितेका स्थानीय तहमा पनि कर नबढ्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९२३ पटक
काठमाडौं

भदौ १२, काठमाडौं – राजपा नेपालले आफुले नेतृत्व गरेका स्थानीय तहहरुमा कर बढाइएको भन्दै हल्ला गरिएकोमा आपत्ती जनाएको छ । उसले संघीयता विरोधिहरुले यस्ता हल्ला फैलाइरहेको बताउँदै स्थानीय तहहरु जनतालाई कुनै भार थप्ने मानसिकतामा नरहेको स्पष्ट पारेको छ ।

राजपाको केन्द्रिय कार्यालयमा सोमवार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले मधेश तथा थरुहट आन्दोलनका क्रममा राज्यद्वारा झुठा मुद्दा लगाईएका व्यक्तिहरुको समेत तत्काल रिहाईका लागि माग गर्दै घटनाको छानविन गर्न बनेको आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । यस्तै तराई–मधेश लगायत देशका विभिन्न भागमा भू–स्खलन, बाढी, नदी कटानवाट पिडित बनेका तथा ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ ।

राजपा नेपालले नेतृत्व गरेको उप महानगरपालिका, नगरपालिका र गाँउ पालिकामा यस चालू आ.व.मा जनतालाई थप भार पर्ने कुनै पनि किसिमको नयाँ कर थपिने छैन, साथै अवैज्ञानिक अनुपयुक्त, अव्यवहारिक लागू करवाट जनतालाई राहत दिइनेछ । स्थानीयतहले जनता माथि कुनै भार थप्ने मानसिकतामा नरहेको यस्तो हल्ला मचाई संघीयता विरोधीहरु संघीयतालाई बदनाम गर्न खोजेकोमा सबैलाई सचेत गराउन चाहन्छौं । निर्णयमा भनिएको छ ।
नागरिकबाट

२०७५ भदौ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्