News Portal

स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा पौने २ अर्ब, लाभांस क्षमता कति ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८०९ पटक
काठमाडौं

काठमाडौं – स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७३ करोड ४४ लाख रुपैंया खुद नाफा आर्जन गरेको । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै १८ करोड रुपैंयाले बढेको हो ।

गत आर्तिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५५ करोड रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र ४८ करोड १२ लाख रुपैंया खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्र ५८ करोड ९१ लाख रुपैंया खुद नाफा आर्जन गरेको हो ।

एनएफआरएस रिपोर्टिङ प्रणाली अनुसार बैंकले १ अर्ब १० करोड रुपैंया बितरणयोग्य मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकले निक्षेप तथा कर्जा परिचालनको आकार बढाएर व्याज आम्दानीको आकारमा सुधार गरेको छ ।

आठ अर्ब १ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैंया सञ्चित छ । २८ रुपैंया ८७ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको मूल्य आम्दानी अनुपात २०.४७ गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैंया १ पैसा छ ।

बैंकको निष्कृय कर्जा अनुपात एक वर्षको अवधिमा ०.२१ प्रतिशतबाट ०.२० प्रतिशतमा झरेको छ ।

२०७६ बैशाख २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्