News Portal

आजको मौसम सामान्यतया सफा रहने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५८ पटक
काठमाडौं

बैशाख २५ काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वको पहाडी क्षेत्रका एक–दुई स्थानमा बेलुकातिर आंशिक बदली हुने सम्भावना भने रहेको मौसमविदले बताएका छन् । ती क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्नेछ ।

केही दिनदेखि मौसम सफा रहँदै आएको छ । देशभर दिनभर घाम लाग्दा गर्मी बढेको छ । काठमाडौँ उपत्यकामा बुधबार बिहानैदेखि घाम लागेको छ र दिनभरि नै मौसम यस्तै रहने जनाइएको छ ।

२०७६ बैशाख २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्