News Portal

किन जाँदै छन् कुलमान, श्वेता र सविता अष्ट्रेलिया ?

अमृत शर्मा काठमाडौं
८५२ पटक
काठमाडौं

काठमाडौं – राजनैतिक अस्थिरता र चर्को घुसिया प्रवृति ले गर्दा २१औ शताब्दीमा पनि लोडसेडिङका कारण अन्धकारमा बस्न बाध्य भएका नेपालीहरुलाई, अनेकौ बाधा – अड्चन का बाबजुत पनि आफ्नो एकल प्रयासद्वारा नै अन्धकारबाट छुटकारा दिलाउने महान व्यक्तित्व, उज्यालो नेपालका अभियन्ता एबं नेपाल बिधुत प्राधिकरणका महा प्रबन्धक कुलमान घिसिङ अस्ट्रेलिया जाने भएका छन्।

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आयोजना, बाबा एजुकेसन कन्सल्टेन्सि र आर के एस अस्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको परोपकारी गाला डिनरका लागि उनी अस्ट्रेलिया जान लागेका हुन् , साथै सिन्धुपाल्चोकमा माझी बस्तीका लागि ५३ घर निर्माण गरेकी सामाजिक अभियन्ता ,सफल ब्यबसायी एबं लोकप्रिय अभिनेत्री स्वेता खड्का र (SSDRC) स्कूलको स्थापना गरी अपाङ बाल बालिकाहरु लाई सेवा गर्दै उदाहरणीय बनेकी सविता उप्रेतीको पनि कार्येक्रममा सहभागिता रहने छ।  प्रेरणादायी यिनै व्यक्तित्वहरुको उपस्थितिमा, सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही मे २६ का दिन च्यारिटी गाला डिनर हुने भएको छ।

सो कार्यक्रमबाट उठेको रकमको आधा हिस्सा नेपालमा आपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गरिने र बाँकी रकम गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको समाज कल्याण कोषमा जम्मा गरिने छ । उक्त गाला डिनर को टिकट मुल्य ७० र १ सय डलर राखिएको छ भने विद्यार्थीलाई केहि सौलिएत हुने आयोजकले बताएको छ । कार्यक्रमबारे एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले भने– ‘उहाँहरूको जीवन–संघर्ष र लगनशीलताका पाटाहरू हामी सबैका लागि प्रेरणा बन्न सक्छ ।

बिगतदेखि नै अस्ट्रेलिया मा हुने अधिकाङ्स कार्यक्रमहरुमा मुख्य प्रायोजकको रूपमा सहयोग पुराउदै आएको ‘बाबा एजुकेसन कन्सल्ट्यान्सी’ र “आर के एस अस्ट्रेलिया” का संचालक रविन्द्रकुमार शर्माले एस्तो परोपकारी कार्येक्रम गरि आफुले सामाजिक दायित्व पुरा गर्न पाउनु गौरवको कुरा रहेको बताए ।

२०७६ बैशाख २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्