News Portal

शिव लामिछानेको नयाँ गीत “परदेश” डिजिटल बजारमा (भिडियो )

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५१ पटक
काठमाडौं

काठमाडौँ । किन दुख्छ ?, चाहे माया गर, जय नेपाल, जस्ता चर्चित गीतका गायक शिव लामिछाने सिवाजको नयाँ गीत परदेशी आउ है फर्केर रिलिज भएको छ। नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ।

धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् उनीहरु प्रति समर्पित गर्दै बिश्व श्रमिक दिवसका दिन गीतको भिडियो सार्वजनिक गरिएको हो।यस गीत स्वर , शब्द र संगीत गायक शिव लामिछानेको रहेको छ भने एरेन्जमेन्ट सुरज बिकले गरेका हुन।

विवेक खड्काले खिचेको भिडियोमा जीवन , सुनिता , सुक्मित र रोजिनाको अभिनय रहेको छ। प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका हुन। कसम नेपालको कन्स्पेट र निर्देशनमा भिडियो तयार भएको हो।गायक लामिछाने द अर्थ ब्यान्डका भोकलिस्ट, कृपा फाउन्डेसनका अध्यक्ष तथा बराह ज्वेलरी इन्डस्ट्रीजका अध्यक्ष समेत हुन।

 

 

२०७६ बैशाख २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्