News Portal

मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१९२ पटक
काठमाडौं

काठमाडौं : सन् २०१९ को मिस नेपाल वर्ल्डको उपाधि  अनुष्का श्रेष्ठले जितेकी छिन् । २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि काठमाडौंकी  श्रेष्ठले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

सँगै मिस नेपाल यूनिभर्सको उपाधि  प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि रीया बस्नेतले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि मीरा कक्षपतिले र मिस नेपाल सुप्रानेशनल रोज लामाले जितेकी छिन्।

बिहिबार राति सम्पन्न मिस नेपाल २०१९ द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धा राजधानीको किर्तिपुरमा भएको थियो ।

२०७६ बैशाख २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्