
मोटर स्पोर्ट्स नेपालको आयोजना तथा नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को प्राबिधिक सहयोगमा शनिबार धुलिखेल स्थितहिमालयन मोटरल्यान्डको अफरोड ट्रयाकमा दोस्रो संस्करणको रुपमा डर्ट बाइक रेस ‘मोटो ट्रयाक २’ प्रतियोगिताको आयोजना गरेको थियो।उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको उक्त प्रतियोगितामामा७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा कुल २२ जना राइडरहरुले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा राजकुमार कार्कीले सबै प्रतियोगी हरुलाई उछिन्दै बिजयी भए त्यस्तै गरि दिपेश क्षेत्रीले दितीय भए भने भिम होना तृतीय भएका थिए । प्रथम भए संगै राजकुमार कार्कीले ३० हजार प्राप्त गरे भने दितीय र तृतीय स्थान हासिल गर्ने दीपेश क्षेत्री र भीम होनाले क्रमश , २० हजार र १० हजार नगद पुरस्कारका साथै हेलमेट र अन्य गिफ्ट ह्याम्पर प्राप्त गरे । सो प्रतियोगिताको अवलोकन गर्न नासाका महासचिब गोबिन्द भट्टराई ए आइ एइ का उपाध्यक्ष मधुसूदन सिग्देल लगायत समेत धुलिखेल पुगेका थिए ।
मोटर स्पोर्ट्स नेपालले गत वर्ष पहिलो पटक मोटो ट्रयाक प्रतियोगिताको आयोजना गरेको थियो भने त्यसैको निरन्तरता स्वरुप यस पटक दोस्रो संस्करणको रुपमा मोटो ट्रयाक २ को आयोजना गरिएको हो ।
२०७६ बैशाख २९ गते प्रकाशित
