News Portal

सूर्या लाईफको लाभांश प्रस्ताव कति ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३८ पटक
काठमाडौं

काठमाडौं – सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको बैशाख २७ गते सम्पन्न बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि पनि १२ प्रतिशत नै बोनस वितरण गरेको थियो।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्