News Portal

मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भए प्रेस स्वतन्त्रतामाथि नै कू : कांग्रेस सभापति देउवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६३ पटक
काठमाडौं

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट पास भए पत्रकारमाथि ’कु’ हुने बताएका छन् । आज काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु मिडियाको स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता जनाए  ।

यस्तै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सञ्चारकर्मीलाई विभिन्न बहानामा अनावश्यक दुःख दिने र सजायको कुरा गर्ने कुराहरु आफूहरुलाई मान्य नभएको बताए  । ’प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, स्वतन्त्र रुपमा पत्रकारिता गर्ने अधिकारलाई कुण्ठित गर्ने प्रयासको काँग्रेस विरुद्धमा रहेको उनको भनाई छ ।

त्यसैगरी प्रतिनिधिसभाका मुख्य सचेतक बालकृष्ण खाँडले संविधान प्रतिकूल हुने विधेयकलाई ठोस रुपमा विरोध गर्ने बताए । विधेयकलाई फर्काएर सरकारले संविधान अनुकूल नै बनाएर ल्याउनुपर्नेमा उहाँले जोड दिए । सरकारले बैसाख २७ गते राष्ट्रियसभामा दर्ता गराएको यो विधेयकको विरोध हुँदै आएको छ ।

२०७६ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्