News Portal

प्रधानसेनापतिद्वारा श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह,उपत्यका पृतनापतिको जिम्मेवारी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३७ पटक
काठमाडौं

काठमाडौं– नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथी निरञ्जन कुमार श्रेष्ठले दज्र्यानी चिन्ह लगाएका छन् । जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् । 

निरीक्षण निर्देशनालयका निर्देशक रहेका श्रेष्ठ गत वैशाख २३ गते बसेको मन्त्रीपरिषद्को वैठकबाट उपरथीमा बढुवा भएका थिए ।   उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ । 

२०७६ बैशाख २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्