News Portal

किरण ढुंगानाको ‘झरेका पात’ लोकार्पण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५४ पटक
काठमाडौं

काठमाडौं । ढुंगाना प्रतिष्ठान र लक्ष्मेश्वर नरदेश्वरको निजी संस्थाको आयोजनामा साहित्यकार किरण ढुंगानाद्वारा लिखित ‘झरेका पात’ हिजो शनिबार भव्य र सभ्यरुपमा लोकापर्ण गरिएको छ । बाबाज्ञानी प्रकाशन मित्रपार्क काठमाडौंले प्रकाशनमा ल्याएको उक्त उपन्यास एक पठनीय उपन्यास भएको त्यहाँ उपस्थित आगन्तुकहरुले बताएका छन् । उक्त उपन्यासमा नेपालका वरिष्ठ साहित्यकार डा। तारानाथ शर्माले समेत साहित्यकार ढुंगानाद्वारा लिखित उक्त उपन्यासको खुलेरै प्रशंसा गरेका छन् । साथै उक्त उपन्यासको पद्म देवकोटाले पनि प्रशंसा गरेका छन् ।
लोकार्पणमा उपस्थित अधिकाँश ढुंगाना बन्धुहरुले उपन्यासको खुलेरै तारिफ गरेका थिए । ‘झरेका पात’ उपन्यास ८२ पृष्ठको रहेको छ । झरेका पात उपन्यासको लोकापर्ण क्लब मण्डला, बौद्ध रामहिटीमा भएको थियो । साहित्यकार किरण ढुंगानाले यसअघि ‘मन्ट्रियल क्याफे ९संस्मरण०, कमली ९उपन्यास० समेत गरिसक्नु भएको छ ।

साहित्यकार ढुंगाना काठमाडौं, चाबहिलमा सन् १९५३ अक्टोबर २८ मा बुवा महेन्द्रनाथ ढुंगाना र दमयन्ती सिग्देल ढुंगानाको कोखबाट दोश्रो सुपूत्रका रुपमा जन्मिनु भएको हो । उहाँको प्रारम्भिक अध्ययन मित्र मण्डल विद्यालय र पद्मोदय स्कुलबाट सम्पन्न गर्नु भएको हो । उहाले उच्च शिक्षा रत्नराज्य क्याम्पस, त्रिचन्द्र क्याम्पस र क्यानडास्थित सेरेडियन कलेजबाट लिनुभएको हो । उहाँ १९८० देखि टोरोन्टो, क्यानडामा स्थायी रुपले बसोबास गर्दै आउनु भएको छ । उहाँले क्यानडाबाट प्रकाशित हुने पहिलो नेपाली पत्रिका ‘दियालो’मा १६ वर्ष प्रधान सम्पादक भई कार्य गरिसक्नु भएको छ । उहाँको कार्यलाई उच्च मूल्यांकन गर्दै उहाँलाई ‘अनेसास’ले बर्षको प्रसिद्ध लेखक १९९५ को उपाधि प्रदान गरेको थियो ।

२०७६ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्