News Portal

बाबुराम भट्टराईले पत्रकारलाई ‘असनको साँढे’ भन्दै झपारेपछि !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७९९ पटक
काठमाडौं

काठमाडौं – समाजबादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्रकारलाई असनको साँढे भन्दै झपारेका छन । सामाजिक संजाल ट्विटरमा उनले समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रश्न सोध्ने पत्रकारप्रति असन्तृष्टि जनाउँदै झपारेका हुन ।

सामाजिक सञ्जाल ट्विटरमा डाक्टर भट्टराईले केही मिडियाकर्मी ‘असनको साँढे’जस्तो बनेको भन्दै लेखेका छन्, ‘केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है१ यो अति निन्दनीय र गम्भीर छ १ एक विराउने, शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडिया नेतृत्वको ध्यान पुगास् !

यसैबीच एभिन्यूज खबरको कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई समाजवादी पार्टी नेपालका कार्यकर्ताले ज्यानमार्ने धम्की दिएका छन् । उनलाई ९८५१००५१८० बाट ज्यान मार्ने धम्की आएको हो ।

पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की दिने व्यक्ति समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत भएको खुलेको छ ।

पत्रकार पाण्डेलाई बस्नेतको मोवाईल फोनबाट ज्यान मार्ने धम्की आएको समाचारहरु वाहिरिए पछि त्यसको आधिकारिकता बुझ्दा आफूले पाण्डेलाई मार्ने धम्की नदिएको बरु पाण्डेलेनै यस विषयमा मिडियाबाजी गरिरहेको आरोप लगाएका छन् ।

२०७६ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्