News Portal

मुख्यमन्त्रीको बर्खास्तीमा परेका केशव स्थापित फेरी मन्त्री बन्दै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६६६ पटक
काठमाडौं

काठमाडौं – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको बर्खास्तीमा परेका तत्कालीन भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् ।

मन्त्रिपरिषद बैठकमै अभद्र व्यवहार गरेको आरोपमा बर्खास्तीमा परेका स्थापितलाई धानमन्त्री केपी ओलीले फेरी सोही पदमा पदस्थापना गर्ने बचन दिएको पाइएको छ । प्रदेश–३ स्रोतका अनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सोही जिम्मेवारीमा फर्काउने बचन दिएका हुन ।

पछिल्लो समय आफूसँग भेट गर्ने शुभचिन्तकलाई स्थापितले आफू फेरि मन्त्री बन्ने बताउन थालेका स्थापितले सोही पदमा जाने खुलाएका छन । मन्त्रिपरिषदमै अभद्र व्यवहार गरेको भन्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्शपछि गत १६ कात्तिकमा स्थापितलाई पदबाट खर्बास्त गरेका थिए । प्रदेशको महत्वपूर्ण मन्त्रालय लामो समय नेतृत्वविहीन हुँदासमेत नयाँ मन्त्री नियुक्त गरिएको छैन ।

मुख्यमन्त्री पौडेल आफैंले राखेको भौतिक पूर्वाधार मन्त्रालयको काम सन्तोषजनक छैन । स्थापितलाई पुनस्र्थापित गराउनकै लागि नयाँ मन्त्री नियुक्त नगरिएको ओलीनिकट स्रोतले बतायो ।

स्थापितमाथि मुुख्यमन्त्री पौडेलले दिएका निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मन्त्रिपरिषद बैठकको मर्यादामा पटकपटक अपमान गर्ने गरेको आरोप लागेको थियो ।

२०७६ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्