News Portal

बालुवाटार जग्गा प्रकरणमा नयाँ खेल सुरु, अनसन्धानका डिएसपी कटुवाल सरुवा ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६६ पटक
काठमाडौं

काठमाडौं – बालुवाटार जग्गा विक्री प्रकरणमा अनुसन्धान गर्दै आएका डीएसपी सरुवामा परेका छन । कान्तिपुर दैनिकका अनुसार बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ ।

उनलाई रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद् ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली स्थानमा उनलाई पठाइएको बताइएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ– अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई व्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । व्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्इ भूमिकामा छन् । सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुनेगरी सरुवा गरिएको छ ।’

२०७६ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्