News Portal

ओली सरकारका जनप्रतिनिधि नै बलात्कारी, फरार रहेका अभियुत्त पक्राउ !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५४८ पटक
काठमाडौं

काठमाडौं – बलात्कार गरेका आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

युवतीलाई बलात्कार गरेर गत चैत ७ गतेदेखि फरार वडा सदस्य श्रेष्ठलाई हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

वडा सदस्य श्रेष्ठले नर्मदेश्वरमा सञ्चालन गरेको इँटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएपछि उनी फरार हुँदै आएका थिए ।

२०७६ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्