News Portal

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९३ पटक
काठमाडौं

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३० गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४७५ को मुनाफाबाट १५.४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुंजीको १५.४८ प्रतिशतले हुन् आउने १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै बेहोर्नु पर्ने भएको छ ।

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ८६ करोड ५९ लाख रहेको छ ।

२०७६ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्