News Portal

नेकपाको जनवर्गीय संगठनहरुको एकता शुक्रबार, एकता सम्बन्धि यस्ता छन मापदण्ड !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३७ पटक
काठमाडौं

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनहरुको एकता शुक्रबार हुने भएको छ । आगामी जेठ ३ गते जनबर्गीय संगठनको एकता घोषणा गर्ने तयारी भएको छ ।

उक्त दिन बाँकी रहेका सबै एकताका कामहरु पुरा भएको घोषणा समेत गर्ने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार जननेता मदन भण्डारी र कुसल संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस तथा पार्टी एकताको एक बर्षको अवसरमा जेठ ३ गते तात्कालिन एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा आयोजना हुने कार्यक्रममा एकताको बाँकी कामको टुंगो लगाइने बताइएको छ ।

समयको चाप महसुस गरी काम गर्ने नेतृत्वको बानी पनि रहेकोले जेठ ३ गते मदननगर बल्खुमा आयोजना हुने कार्यक्रमबाट जनसंगठनसहित एकताको बिषयमा महत्वपुर्ण घोषणा हुन्छ,’ पार्टी कार्याल्लय धुम्बाराहीमा आज आयोजित कार्यक्रममा महासचिव पौडेलले भने ।

गत बर्षको जेठ ३ मा एकता भएको नेकपाको जनसंगठनको एकता, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय र बिभाग गठन हुन सकेको छैन । यसबीचमा प्रदेश कमिटी, जिल्ला मकिटी र जिल्ला कमिटी मातहतको स्थानीय कमिटीहरुको एकता भने भइसकेको छ । महासचिव पौडेलले सोही अनुसार जेठ ३ गते एकताको काम टुंगो लगाएर महत्वपुर्ण घोषणा हुने जानकारी दिए ।

सो कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । सो कार्यक्रममा सहभागी हुन नेकपाले सवै नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।

२०७६ बैशाख ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्