News Portal

पुर्व बाल सैनिक विष्ट र प्रकाण्ड पक्राउ बारे कांग्रेस सांसदको आपत्ति, सरकारको आशालाग्दो काम यही हो ?ʼ 

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५९२ पटक
काठमाडौं

भदौ १२, काठमाडौं – राष्ट्रियसभाको मंगलवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले विदेश जान लागेका पुर्व लडाकु लेलिन विष्टको पक्राउप्रति चासो जनाएका हुन् । ʻसम्माननीय प्रधानमन्त्रीज्यूले हिजो सम्पादकहरूसँगको भेटमा निराशा नबढाउन आग्रह गर्नुभएछ । निराशा बढ्यो भने थेग्न सकिन्न भन्नुभएछ । सरकार गठन भएको ६ महिनामा निराशा बढेको प्रमलाई अनुभूति भएछ,ʼ सांसद अधिकारीले प्रश्न गरे, ʻमाओवादीका पूर्वलडाकु लेलिन विष्ट बैंकक जाँदै थिए । भिसा र टिकट भएका उनलाई एयरपोर्टबाट फर्काइएको । नेपालको नागरिकले बाहिर गएर बोल्न नपाउने भन्ने सन्देश गयो । यस्तै कुराले आशा बढाउँछ ?ʼ
सांसद अधिकारीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतले छाड्दै पक्रँर्दै गरेको घटनाप्रति सरकारसँग प्रश्न गरे । ʻप्रकाण्डलाई धेरैपटक पक्राउ गरियो । अदालत छाड्दै जान्छ, सरकारले थुनिरहन्छ, के हो यो ? यही हो आशालाग्दो कुरा ?ʼ

सांसद अधिकारीले कञ्चनपुरमा बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी समेत फिर्ता हुने अवस्थाले राज्य संयन्त्र नै असफल भएको संकेत गरेको बताए । उनले स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराए ।

२०७५ भदौ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्