मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ को गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदै छ ।
कालिकोट निवासी पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा गैरन्यायिक थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । नेता बमसहित दुई जनालाई गत बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई हालइलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।
नेता बमको रिटमाथि मंगलबारलाई पेशी राखिएको तर समय अभाव भन्दै आज सारिएको थियो । रिटमा नेपाल सरकार, गृह मन्त्रालय समेतलाई विपक्षी बनाएको छ ।
२०७६ जेठ १ गते प्रकाशित
