News Portal

वर्ल्डलिंकका ग्राहकहरु होसियार, फिल्डका कर्मचारीले यसरी ठग्छन ग्राहक !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४९३ पटक
काठमाडौं

काठमाडौं – वर्ल्डलिंकको इन्टरनेट चलाउने ग्राहकहरुले सावधानी अपनाउनुपर्ने भएको छ । वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट निरज कुईकेल पक्राउ परेपछि यो रहस्य खुलेको हो ।

कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका बिभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरेको सुचनाका आधारमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेपछि ग्राहकले भेरिफाई गरेर मात्र कारोबार गर्नुपर्ने भएको छ ।

ठगी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको प्रहरीले जनाउको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

२०७६ जेठ २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्