News Portal

२६ बर्ष पछि मदन भण्डारी हत्याराको खोजी सुरू, को होला हत्यारा ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५४८ पटक
काठमाडौं

काठमाडौं – २६ बर्ष पछि जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजीका लागि प्रक्रिया सुरू भएको छ । मदन आश्रित स्मृति दिवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा (बादल)ले खोजी प्रकृया सुरु भएको बताएका हुन ।

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले अगाडि भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाएनन् ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

२०७६ जेठ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्