News Portal

राशिफलअनुसार आजको तपाईको भाग्य के छ ? हेर्नुहोस्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३९ पटक
काठमाडौं

भदौ १३, काठमाडौं – पञ्चाङ्ग वि.सं. २०७५ साल भदौ १३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– तृतीया, १९:३५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– उत्तरभाद्रपदा, १८:०६ बजेउप्रान्त रेवती। योग– शूल, २१:२९ बजेउप्रान्त गण्ड। करण– वणिज, ७:२० बजेदेखि भद्रा, १९:३५ बजेउप्रान्त वव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:४१ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ५३ पला। पञ्चक।

मेष– उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

वृष– अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

मिथुन– अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ ।

कर्कट– व्यापारमा नसोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । यात्राको पनि योग रहेको छ ।

सिंह– टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ ।

कन्या– स्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला ।

तुला– धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ ।

वृश्चिक– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

धनु– नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मकर– आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।

कुम्भ– दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

मीन– आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । ज्मिनबाट भने मनग्य लाभ मिल्नेछ ।

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला । हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला । ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं

२०७५ भदौ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्