News Portal

रवि लामिछानेको विबाह नगरकोटमा, को–को छन निम्तालु पाहुँना ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७६५ पटक
काठमाडौं

काठमाडौं – लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् ।

न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।

केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले आज परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन् ।

पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् । विवाहको कार्यक्रम गोप्य राखिएको छ । उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।

२०७६ जेठ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्