News Portal

नयाँ बसपार्क क्षेत्रमा दिउसै अनैतिक त्रियाकलाप, छापा मार्न गएका प्रहरी चकित !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१४६६ पटक
काठमाडौं

काठमाडौं – नयाँ बसपार्क क्षेत्रमा दिउसै अनैतिक त्रियाकलाप हुने गरेको पाइएको छ । बिहीबार नेपाल प्रहरीले गोङ्गबुको नयाँ बसपार्क क्षेत्रमा अनैतिक त्रियाकलाप गर्ने २८ जनालाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक क्रियालाप गर्ने २८ जनालाई बिहीबार साँझ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीहरुको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए ।

पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०७६ जेठ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्