News Portal

प्रतिबन्धपछि आयो विप्लवको पहिलो भिडियो अन्तरवार्ता, भने ‘अवको क्रान्ति प्रचण्ड-ओलीविरुद्धको होइन’ (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९५९ पटक
काठमाडौं

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अवको क्रान्ति प्रचण्ड वा केपी ओलीका विरुद्धको क्रान्ति नहुने बताएका छन । पार्टीको मुखपत्र रातो खवर साप्ताहिक पत्रिकाको अनलाईन संकरणलाई दिइएको अन्तरवार्तामा विप्लवले अव गर्ने क्रान्ति भनेको दलाल पुजिबादका विरुद्ध हुने बताएका हुन ।

उनले यो क्रान्तिलाई कसैले दवाउन खोजे बाँकी नराख्ने पनि बताएका छन । आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुको कारण उल्लेख गर्दै उनले भनेका छन्, ‘प्रतिबन्ध दलाल पुँजीवादी शक्तिको साम्राज्यवादीका सामु आत्मसमर्पणको परिणति हो । वर्गहितमा खडा गरिएको राज्यभित्र वर्गसङ्घर्ष चलिरहेको अवस्थामा हुने प्रक्रिया हो । यो प्रतिबन्ध हाम्रो हकमा मात्र लागू भएको होइन । राज्यले लगाउने प्रतिबन्ध र जनताले गर्ने प्रतिरोधसँग जोडिएको प्रक्रिया हो । हिजो राणाविरुद्ध भएको आन्दोलनमा जनतामाथि लगाइएको थियो । २००८ सालमा काङ्ग्रेस सरकारले कम्युनिस्ट पार्टीमाथि लगाएको थियो । २०१७ सालदेखि पञ्चायतले काङ्ग्रेस र कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । जनयुद्ध सुरु भएदेखि काङ्ग्रेस र एमाले मिलेर हामीमाथि प्रतिबन्ध लगाए । अहिले केपी—पीके सरकारले हामीमाथि प्रतिबन्ध लगाएको छ । त्यसैले यो नयाँ कुरा होइन ।’

हेर्नुहोस पुरा भिडियो

२०७६ जेठ ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्