News Portal

सल्यानमा घरले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८८ पटक
काठमाडौं

भदौ १३, सल्यान – सल्यानको कागचौर नगरपालिका–४ सैतीगुराँसमा मंगलबार राति करीब ११ बजेतिर रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामसिंह, उनकी श्रीमती, उनीहरुका ४ वर्षका छोरा र ६ र ७ वर्षका दुई छोरी रहेको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । रामसिंहकी ११ वर्षीया छोरी भने घाइते भएकी छिन्।

२०७५ भदौ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्